087460175/4060185
मुगु, २६ चैत(ओएनएस) : मुगुको सोरु गाउँपालिका वडा नं ७ बुम्चकी हाजिरा विष्ट अहिले उमेरले ६० वर्ष पुगिन् । सानै उमेरमा विवाह गरेकी उनले सात वटा बच्चा जन्माइन् । तर ति मध्ये दुई वटा मात्र बाँचे ।
उनी भन्छिन्, ‘हाम्रो पालामा न अस्पताल थियो, न प्रस्तूति गृह । घरमै बच्चा जन्माउँदा गाह्रो हुन्थ्यो ।’
अहिले सोरु गाउँपालिका वडा नं ७ जिमामा प्रस्तूती गृह (वर्थिङ सेन्टर) स्थापना गरिएको छ ।
गाउँमै वर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिलालाई थप सहज हुने अपेक्षा राखिएको छ । पहिला गर्भवती महिलालाई व्यथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकप्टर चार्टर गरेर काठमाडौं र नेपालगन्ज लैजाने गरेपनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुःख भोग्नु परेको थियो । आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला औषधि उपचार गर्न लैजान नसक्दा धेरै गर्भवती महिलाहरुले ज्यान गुमाइ सकेका छन् ।
अब गाउँमै प्रस्तूति गृह सञ्चालामा आएको छ । आगमी दिनमा गर्भवती महिलाहरुले त्यस्ता दुःखका दिन भोग्न नपर्ने अर्की महिला जया रावल बताउँछिन् ।
ब्याक टु लाईफ ई भि को आर्थिक सहयोग र कर्णाली गरिबी न्युनिकरण विकास मञ्चको सहजिकरणमा निमार्ण सम्पन्न भएको प्रस्तूती गृह एक समारोहकाबीच वडा नम्बर ७ लाई हस्तान्तण गरिएको छ ।
नोभेम्बर २०१८ बाट निर्माण शुरु गरिएको भान्सासहितको ९ कोठे प्रस्तूती गृह सोरु गाउँपालिका वडा नम्बर ७ लाई हस्तान्तण गरिएको साझेदार संस्था गरिबी न्युनिकरण विकास मञ्चका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले बताए ।
उनका अनुसार प्रस्तूति गृह ५१ लाख १० हजार रुपैयाँको लागत निर्माण गरिएको हो । प्रस्तूति गृहबाट सोरुका गाउँपालिकाका १२ हजारले सेवा पाउने र १३ वटा गाउँ लाभाविन्त हुने जनाइएको छ ।
प्रस्तूति गृहलाई दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरि व्यवस्थित बनाउन लागि पर्नेे कर्णाली प्रदेशसभा सदस्य चन्द्र बहादुर शाही बताउँछन् ।
गर्भवती महिलाले अकालमा ज्यान गुमाउने गरेको यर्थात घटनालाई आत्मसाथ गदै प्रस्तुति गृह निमार्णका लागी पहल गरिएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘अब बाँकी हस्तान्तणसँगै भरपुर औषधिको व्यवस्था, दक्ष जनशक्तिको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग पहल गर्नेछु ’
सोरु गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र बुमि प्रस्तूति गृहसँगै गाउँमा एम्बुलेन्सको खाँचो रहेको बताउँछन् ।
एम्बुलेन्स खरिदको लागी सबैलाई आग्रह गदै बुमि एम्बुलेन्स खरिदको लागी मेरो तर्फबाट केहि महिनाको पारिश्रमिकको ५ लाख रकम सहयोग गर्ने बताउँछन् ।
Source from https://www.onsnews.com/barthing/